देशमा स्वास्थ्य संकटकाल लागु गर्ने तयारि

0
150

काठमाडौं जेष्ठ ११

कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो ।

उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा गरी सबै शक्ति जनस्वास्थ्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

गतवर्ष भन्दा फरक ढंगले बन्दाबन्दी गरिएको र व्यक्तिहरूको आवत–जावतमा प्रभावकारी नियन्त्रण नभएकोे र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृतरूपमा नियन्त्रणमा आउन नसकेको बताउँदै कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नुको विकल्प नरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । नेपाल समाचारपत्र दैनिक बाट

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here