मनोज र सामन्था अभिनित वेब सेरिज ‘द फ्यामिली म्यान-२’ ब्यान गर्न माग

0
350

काठमाडौं जेस्ठ ११


अमेजन प्राइमको लोकप्रिय वेब सिरिज ‘द फ्यामिली म्यान’को दोस्रो सिजन चाडैनै स्ट्रिमिङका लागि उपलब्ध हुनेछ । यस शोको रिलिज गरिएको ट्रेलरले पनि दमदार रेस्पोन्स पाइरहेको छ ।

तर, यस सिरिजको ट्रेलर रिलिजसँगै विवादमा पनि फसेको छ । तमिलनाडुमा यस वेब सिरिजलाई ब्यान गर्न माग गरिएको छ ।

यसबारे तमिलनाडुका सूचना तथा प्रशारण मन्त्री मानो थंगराज टीले केन्द्रीय सूचना तथा प्रशारण मन्त्री प्रकाश जवाडेकरलाई पत्र लेख्दै ‘द फ्यामिली म्यान–२’को स्क्रिनिङ तुरुन्त रोक्न अपील गरेका छन् ।

मानो थंगराजले पत्रमार्फत् ओटीटी प्लेटफर्म अमेजन प्राइममा ‘द फ्यामिली म्यान–२’ वेब सिरिजको स्क्रिनिङ तुरुन्त रोक्न आग्रह गरेका हुन् । उनको पत्रमा यस वेब सिरिजको ट्रेलरमा तमिलहरुलाई आपत्तिजनक तरिकाले प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै, मनोज वाजपेयी र सामन्था स्टारर् यस सिरिजमा सिर्फ तमिलहरुको भावनामा मात्र ठेस नपु¥याई पूरै तमिलनाडुको भावनामा ठेस पुर्याएको पत्रमा उल्लेख गरिएको छ । साथै, एमडीएमकेका नेता वाइको ने र तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले पनि उक्त वेब सिरिज ब्यान गर्न माग गरेका छन् ।

प्रतिक्रया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here