बन मन्त्रि आले भन्छन – मलाइ थाहै नदि सिलिण्डरमा मेरो स्टिकर टाँसेछन्

0
166

काठमाडौं जेस्ठ १२

प्रेमबहादुर आले बन तथा बातावरण मन्त्रि उनको विभिन्न क्रियाकलाप ले गर्दा चर्चा मा आइ रहने पात्र हुन । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक आलेले फेरि एउटा चर्तिकला नै देखाएका छन् ।

चीन सरकारबाट अनुदानमा आएको अक्सिजन सिलिण्डर र स्वास्थ सामग्रीमा आफ्नो तस्बीरसहितको स्टिकर टाँसेर मन्त्री आले गृह जिल्ला डोटी र धनगढी पुगे । प्रचारात्मक शैलीमा उनले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पनि वितरण गरे ।

यसअघि पनि बिभिन्न टिकाटिप्पणीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहने मन्त्री आले अक्सिजन सिलिण्डर वितरणपछि झनै भाइरल बनेका छन् ।

मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टर चढेर गृह जिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका थिए । उनले जिल्ला अस्पताल डोटी र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका थिए ।

मन्त्रीबाट यसरी सहयोग वितरण हुनुलाई स्वागतयोग्य मानिए पनि विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट र तुच्छ कार्य भएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीर अंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गालीको बौछार नै छाडेका छन् ।

चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले हात पारेको चर्चा एक साता अघि व्यापक बनेको थियो । तर सबै सिलिन्डर आफ्नै व्यक्तिगत खर्चमा किनेको मन्त्री आलेको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here