‘नो खोप नो भोट’ – अब युवाहरुको अभियान

0
93

काठमान्डौ जेष्ठ १३

देश कोरोना [ कोभिड १९ ] को महामारीले ठप्प छ । सबै ब्यापार ब्यबसाय पुरै बन्द भएको महिनौ भए , संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ ।

सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए मात्र त्यो सम्भव छ । खोप ल्याएन भने यो सरकारले भोट पाएन’ भन्ने पनि छन् ।

यसै सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले देशव्यापी जनमत संकलन गरेको छ। त्यसमा सबै सर्वसाधारणको समान धारणा छ, नो खोप, नो भोट अर्थात, खोप नल्याउने भए भोट पनि दिइन्न ! अहिले चुनावभन्दा उपचार प्राथमिकता हो।

जनता अस्पतालमा छटपटिरहने तर नेता कुर्चीका लागि लडिरहने प्रवृत्ति राम्रो भएन, बुटवलकी झरना अर्याल भन्छिन्, ‘चुनाव नै गर्ने हो भने जनता बचाउनुपर्छ ।

जति खोप आयो पहिला फ्रन्टलाइनमा काम गर्नेले पाए। ठीकै छ। त्यसपछि नेताहरू र पहुँचवालामा पुग्यो । सांसद, मन्त्री, नेता सबैले खोप लगाए। तर, हामीजस्ता सर्वसाधारणले पाएकै छैनौं, पाल्पा तानसेनकी गंगा ठडराई भन्छिन्, मजस्ता लाखौं पीडितको एउटै आवाज हो, नो खोप, नो भोट । अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here