अझै तिनदिन सम्म भारि बर्षाको सम्भावना ‘बाढी पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह’

0
164

काठमान्डौ जेष्ठ १३ ,

अझै केहि दिन सम्म देशको विभिन्न भाग मा बर्सा को सम्भावना रहेको हुदा बाढी तथा पहिरोको जोखिम भएको ठाउँमा सचेत रहन र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयमातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने भएकोले बाढी तथा पहिरोको जोखिम रहेको जनाएको हो ।

बंगालको खाडीमा रहेको यास चक्रवातको प्रभावले नेपालको मौसम प्रभावित भएको प्राधिकरणले जनाएको छ । उक्त सामुन्द्रिक आँधी यासको नाम दिएको चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेकोले नेपालको मौसममा असर पर्ने प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले जनाएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो, डुबान जोखिम आँकलन गरेर स्थानीय सरकारसँग समन्वयमा रहेर सावधानी अपनाउन वा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । खासगरी नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दाले बढी सावधानी अपनाउनु पर्ने छ । प्राधिकरणले पर्वतारोहणको क्रममा रहेकाहरूलाई तत्काल फिर्ता बोलाउन पनि भनेको छ ।

यता, जल तथा मौसम विज्ञान विभागकाअनुसार शनिबारसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here