मनिसा कोइरालाले नारायणी अस्पतालमा भेन्टिलेटर सहित स्वास्थ सामाग्री सयोग गरिन

0
144

काठमाडौं जेष्ठ १३,

कोरोना ( कोभिड 19 ) को महामारी रोकथाम तथा नियन्त्रण को लागि पछिल्लो समय कलाकारहरु पनि निकै सक्रिय बनेका छन् । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा मुलुकभरका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजनलगायतका साम्रगीहरु अभाव भइरहेको छ ।

यसैबीच कोरोना संक्रमितहरुको उपचारमा सहज होस् भन्ने उदेश्यका साथ केही कलाकारहरु स्वास्थ्य उपकरण जोहो गर्न सक्रिय बनेका हुन् । सोही क्रममा अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

अभिनेत्री कोइरालाले नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर, पीपीई सेट सय वटा, फेसशिल्ड सय वटा, मास्क र फुलफेस मास्क सहयोग गरेकी हुन् । त्यस्तै, मनिषाले कोरोना प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको पनि बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here