सलमान खानले ‘ राधे ‘ को आलोचना गर्ने केआरकेविरुद्ध मुद्दा हाले

0
127

काठमाण्डौ जेष्ठ १४

बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म राधे इदमा सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । फिल्म राधे मार्फत योर मोस्ट वान्टेड भाईलाई दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । सलमान को यस फिल्म लाइ अघिल्लो फिल्म को तुलना मा कस्म्जोर मानियो सलमान को केहि प्रशंसकले फिल्म रुचाएका छन् भने धेरै जसो दर्सक्ले यस फिल्मलाइ जमेरै आलोचना गरेका छन् । तर, फिल्मले रिलिजको पहिलो दिन नै १ सय ८ करोड कमाएको थियो ।

‘राधे’ को कथावस्तु र प्रस्ततिलाई लिएर धेरैले आलोचना गरेका थिए । यसमध्ये एक हुन्, समीक्षक कमाल आर खान (केआरके) । उनले फिल्मको मध्यान्तरमा नै एक भिडियो सार्वजनिक गर्दै फिल्म झुर रहेको प्रतिक्रिया दिएका थिए भने ट्विटरमा पनि फिल्मलाई नराम्रो भन्न कुनै कसर बाँकी राखेका थिएनन् । अब उनैलाई सलमानको लिगल टिमले अदालतमा मानहानीको मुद्धा हालेको छ ।

केआरकेले ट्विटर ह्यान्डलमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सलमान खानले ‘राधे’ को रिभ्यूका कारण मेरो विरुद्ध मानहानीका मुद्धा हालेका छन् । अब म सलमान खानको कुनै पनि फिल्मको रिभ्यू गर्दिनँ ।

उनले ट्विटरमा अर्को पोस्ट गर्दै सलमान खानलाई फिल्मको रिभ्यूले आहत पुर्‍याएका कारण अब कहिल्यै उनको फिल्मको रिभ्यू नगर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here