‘अभिनेता सुशान्तसिंह राजपुत हत्या प्रकरणमा’ सिद्धार्थ पिठानी लाइ हैदराबाद बाट पक्राउ

0
885

काठमाण्डौ जेष्ठ १४ ,

मुम्बई – बलिउड अभिनेता सुशंतासिंग राजपुत् मृत्यु भएको एक वर्ष भएको छ राजपुत को आत्महत्या नभई हत्या भएको भन्ने प्रश्न उठेपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छानबिन सुरु गरेको थियो हाल सम्म कुनै पनि प्रमाण जुटाउन सकेको थियन यसै सिलसिलामा सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि पक्राउ गरेको छ । हैदरबादबाट पक्राउ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हिरासतमा पठाइएको छ ।

अभिनेता सुशान्तले आत्महत्या गर्ने क्रममा घरमा रहेका ४ जनामध्ये सिद्धार्थ पिठानी पनि एक हुन् । हैदरबादबाट पक्राउ परेका सिद्धार्थलाई मुम्बई ल्याइएको छ ।

यस प्रकरणमा १६/२०२० मा एफआईआर दर्ताभएपछि हालसम्म ३५ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नु अगाडि नै एनसीबीले सिद्धार्थलाई समन पठाएपनि सम्पर्कमा नआएपछि पक्राउ गरिएको हो । दरबादस्थित सिद्धार्थको घरबाट केही दस्तावेज र इलेक्ट्रोनिक प्रमाणहरु भेटिएको एनसीबीले जनाएको छ । त्यसोत, पछिल्लो साता मात्रै सिद्धार्थ पिठानीको विवाह भएको थियो ।

अभिनेता सुशान्तले झुण्डिएर आत्महत्या गरेपछि सिद्धार्थ पिठानीको नाम मिडियामा चर्चामा रहँदै आएको थियो । अब एनसीबीले सिद्धार्थ पिठानीलाई लागूऔषधबारे सोधपुछ गर्ने भएको छ ।

क्रिएटिभ आर्ट डिजाइनर सिद्धार्थ पिठानी दिवंगत सुशान्तको सबै भन्दा नजिकका साथी थिए ।

प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here