‘दुइ दशक ‘ पछी नेपाल ले इराक संग पहिलो खेल खेल्दै

0
130

काठमान्डौ जेष्ठ १५

नेपाल र इराक बीच २ दसक पछीआमुन्ने सामुन्ने हुदै छन् यी दुइ रास्ट्र बीच पहिले पटक सन् १९८२ अप्रिलमा विश्वकप छनोटअन्तर्गत इराकसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । तेस्पच्ची पनि नेपाल र इराक बीच २००२ मा आयर भेट भएको थियो इराक संग २००२ मा लगातार २ खेल खेल्यो १ खेल मा बराबर गर्न सफल भएको नेपाल दुइ खेल मा हार बेहोरेको थियो।


२००२ पछी पहिलो चोटी अर्थात् दुइ दसक पछी नेपाल र इराक बीच भेट भएको छ २० वर्षपछि बगदाद पुगेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल्ने छ । तीन अन्तर्राष्टिय खेलमा इराकले नेपालको पोस्टमा १६ गोल गरेको छ ।

कोरोना भाइरस महामारीले देशकै जनजीवन कष्टकर बनाइरहेको समयमा तयारी थालेर अरब पुगेको नेपाली टोलीले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि नेपाली टोली विश्वकप २०२२ र एसियाकप २०२३ को दोस्रो चरणको छनोटको बाँकी खेलका लागि कुवेततर्फ लाग्नेछ ।

विश्वकप र एसियाकप छनोटको महत्वपूर्ण प्रतिस्पर्धाअघि इराकसँगको मैत्रीपूर्ण खेलले आफूलाई मद्दत गर्ने अपेक्षा नेपाली टोलीले गरेको छ । युवा खेलाडीको बाहुल्यत रहेको नेपाली टोलीका लागि यो अनुभव साँच्चिकै फरक हुने पक्का छ ।

सन् २००२ को विश्वकपका लागि भएको पहिलो चरणको एसियाली छनोटअन्तर्गतको उक्त खेलमा नेपाल ९–१ ले पराजित भयो । त्यसको नौ दिनपछि सोही छनोट प्रतियोगिताअन्तर्गत काजकस्तानको अल्माटीमा भएको अर्का भेटमा नेपाल इराकसँग ४–२ ले पराजित भयो । यो प्रतिस्पर्धाको २० वर्षपछि नेपाली टोली मैत्रीपूर्ण खेलका लागि इराक पुगेको हो । सन् १९८६ को विश्वकप खेलिसकेको र सन् २००७ मा एसियन कप जितेको इराक यो क्षेत्रकै सशक्त टोली हो ।

नेपाली टोली मैत्रीपूर्ण खेलका लागि मंगलबार बेलुका कतार एयरलाइन्सको विमानमार्फत इराक पुगेको हो । इराक पुगेर पनि नेपाली टोलीले बिहीबार र शुक्रबार प्रशिक्षण गरेको छ ।

खेल
नेपालविरुद्ध इराक
समय : १०:१५ बजे (बस्रा रंगशाला, इराक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here