‘ठाकुर पक्षलाई दोस्रोपटक सोधियो स्पष्टीकरण’ जवाफ नआए पार्टीबाट निष्कासन गरिने-जसपा

0
104

काठमाडौं जेष्ठ १५


जनता समाजबादी पार्टी [ जसपा ] भित्र यति खेर जुवारी नै चलेको छ एक पक्ष ले अर्को पक्ष संग स्पस्टिकरण माग्नमा जसपा नेपालको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

शनिबार स्पष्टीकरण दिन पत्राचार गर्दै यादव पक्षले पहिलो स्पष्टीकरणको जवाफ नआएको भन्दै दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएको छ ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा सोधिएको स्पष्टीकरण पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५), ५० (१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्कासनसमेतको कारबाही हुने चेतावनी दिइएको छ ।

अध्यष ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ (३), २५ (१), (२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेको थियो । तर, ठाकुर पक्षले त्यसको जवाफ नदिएपछि पुनः दोस्रोपटक स्पष्टीकरण सोधिएको छ ।

यादव पक्षले स्पष्टीकरण सोधेको तीन दिनको म्याद सकिए पनि ठाकुर पक्षबाट त्यसको जवाफ नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको बताइएको छ ।

अध्यक्ष ठाकुरसँगै यअसघि स्पष्टीकरण सोधिएका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वन्द्रनाथ शुक्लालाई पनि सोही व्यहोराको पत्र पुनः पठाइएको छ ।

प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here