१ सय ३९ जनाले मात्रै लिए शैक्षिक प्रमाणपत्र धितोकर्जा ३ वर्ष भित्रमा

0
173

काठमान्डौ जेष्ठ १७

शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा लिने लाइ सरकार ले यो वर्ष बाट २५ लाख सम्म कर्जा उपलब्द गराउने भएको छ तर ०७५/७६ देखि घोषणा भएको शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिनेको संख्या हालसम्म १ सय ३९ जना मात्रै छन् । अघिल्लो वर्ष अधिकतम ७ लाख कर्जा दिइने उल्लेख थियो । स्नातक उत्तीर्ण भएकाले शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याजदरमा यस्तो कर्जा पाउनेछन् ।

सहुलियतपूर्ण कर्जा विस्तारमा समस्या देखिन्छ, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘विशेष गरी महिला उद्यमशीलता र कृषिसम्बन्धी बाहेक अन्य कर्जा खासै जान सकेको छैन ।

बजेटले कृषिमा आधारित उद्योगका लागि ७ अर्ब ६० करोड छुट्याएको छ । कृषिमा हालसम्म ४२ हजारभन्दा धेरैले ९६ अर्बभन्दा धेरै सहुलियत पूर्ण कर्जा पाएका छन् । गत वर्ष बजेटमा उल्लेख भएर पनि सुरुमा स्रोत जुटाउन नसक्दा सरकारले घोषणा गरेको कोभिड प्रभावित व्यवसायका कर्मचारीलाई पारिश्रमिक दिन र व्यवसाय सञ्चालनका लागि ल्याइएको व्यावसायिक निरन्तरता कर्जा पनि ३३ जनाले मात्रै पाएका छन् । ५० अर्ब कोष बनाइने भनिएकोमा ३३ जनाले हालसम्म ४२ करोड रुपैयाँ कर्जा पाएका हुन् ।

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्न परियोजनाको धितोमा कर्जा उपलब्ध गराउने घोषणा ०७५÷७६ देखिकै हो । पहिले बैंकहरूमार्फत कर्जा उपलब्ध गराउने सोच राखिएकोमा त्यस्तो सम्भावना नभएपछि सरकारले ५० प्रतिशतसम्म अनुदान दिने योजना बनाइएको थियो ।

तर, अनुदानको रकम दुरुपयोग हुन सक्ने भन्दै २ प्रतिशत ब्याजदरमा ऋण नै उपलब्ध गराउने घोषणा गरिएको भए पनि हालसम्म यस्तो कर्जा गएको छैन । यो बजेटले स्टार्टअपहरूलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म बिउ पुँजी कर्जा प्रदान गर्ने उल्लेख गरेको छ ।

बजेटले सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा २ वर्षका लागि ८० हजारसम्म कर्जा सुविधा दिइने उल्लेख गरेको छ । वित्त कम्पनीलगायतका स–साना संस्थाबाट यस्तो कर्जा प्रवाह हुन सक्ने बैंकर दाहालको भनाइ छ ।

ठूला बैंकहरूले भने क्रेडिट कार्डमार्फत यस्ता सुविधा दिन सक्ने भए पनि छलफल हुन बाँकी रहेको उनले बताए । हुन त कतिपय कम्प्युटर विक्रेताहरूले नै शून्य ब्याजदरमा समेत ल्यापटप बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here