ठाकुर पक्षले स्पस्टिकरण नदिने – जसपा फुट्ने आशंका

0
118

काठमाडौं जेष्ठ १७

जसपा यतिखेर फुटको संघारमा पुगेको छ । एक दुइ पक्ष बिचा विचारधारा नमिल्दा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोधेर फुटको संघारमा पुगेको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

पार्टी एकताका लागि लचकता अपनाउने बताएका ठाकुरले बाबुरा भट्टराई र उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका हुन् । प्रथम अध्यक्षलाइ द्वितीय अध्यक्षले स्पष्टीकरण सोध्ने चलन कहाँ छ, ठाकुर निकट एक नेताले भने, उहाँहरूले सोधेको स्पष्टीकरणको कुनै औचित्य छैन ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण पत्रमा चित्त बुझ्दो जवाफ नदिए पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिइएको थियो ।

यादव पक्षले आफूसँग कार्यकारिणीमा बहुमत रहेको दाबी गर्दै आएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा ३० जना रहेको दाबी गर्दै आएको छ । तर सांसद भने ठाकुर पक्षमा बहुमत छन् । विघटित प्रतिनिधिसभामा ३२ जना सांसद मध्ये ठाकुर पक्षसँग २० जना रहेका छन् ।

ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए। दुवै पक्षले स्पष्टीकरण सोध्न थालेपनि जसपा फुटको संघारमा पुगेको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष वर्तमान सरकारले मधेसको माग सम्वोधन गरिरहेको भन्दै वर्तमान सरकारमा सहभागी हुने तयारीमा छ भने भट्टराई र यादव भने ओली सरकार बर्हिगमनको पक्षमा छ ।
एक दुइ पक्ष बिचा विचारधारा नमिल्दा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोधेर फुटको संघारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here