तुलसी को महत्व

0
420

तुलसीलाइ धार्मिक मान्यता अनुसार भगवान बिष्णु को रुपमा मानि यसको पुजा आराधाना गरिन्छ । तेसैले तुलसीलाई आ-आफ्नो घर अगाडी नै मठ बनाइ तुलसी रोप्ने चलन रहेको छ र यसको यसको मठमा पुजा गर्ने गरिन्छ ।

खास मा तुलसी ५ प्रकारका हुन्छन यधपी श्याम र श्वेत तुलसी प्राय जसो सबै ठाउँ मा पाउन सकिन्छ र यी अरु तुलसी भन्दा स्वास्थको दृस्टीले हेर्ने हो भने फाइदाजनक मानिन्छ । आयुर्बेद मा पनि विभिन्न रोगको अचुक औसधि को रुपमा आउने गर्छ सबै रोगको लागि उत्तिकै उपयोगी रहने गर्दछ । साथै विभिन्न अनुसन्धान बाट आएको तथ्य पनि हो अन्य रुख बिरुवा भन्दा कै धेरै अक्सिजन उत्पादन गर्ने बिरुवा को रुपमा पर्दछ यो एउटा बहुउपयोगी बनस्पति हो ।

तुलसी को गुण र फाइदा हरु धेरै हुन्छन जसमा केहि फाई वा गुणहरु यस्ता छन् ।

  • वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
  • तुलसीमा अक्सिजनको मात्र अन्य बिरुवा को तुलना मा एकदमै धेरै हुन्छ ।
  • जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
  • अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्राेंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
  • यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
  • तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
  • तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
  • नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
  • पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
  • तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here