नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन होस् – बर्षा सिवाकोटी

0
159

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गर्‍यो । बजेट मा फिल्म क्षेत्र मा रहेको केहि बिषय बस्तु लाइ नि समेटेको छ ।

फिल्म उद्योगको नविकरण र इजाजत शुल्कमा छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको छ भने निषेधाज्ञाभर सिनेमा घरको विद्युत डिमाण्ड शुल्कमा समेत शतप्रतिशत छुट दिइने भएको छ । महामारी उत्कर्षमा रहँदा सार्वजनिक भएको बजेटमा फिल्म क्षेत्रका केही समस्या सम्बोधन भएकोमा फिल्मकर्मीले खुसी व्यक्त गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले बजेट सधैं राम्रो र आनन्द लाग्ने खालको आउने गरेको भन्दै यो पटकको झन् राम्रो र कर्णप्रिय लागेको बताएकी छन् । तर, बजेट भाषण सकिएपछि एक-अर्कालाई सत्तोसराप गर्ने प्रवृति रहेको उनको भनाई छ ।

उनले फेसबुकमा लेखेकी छन्, नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने ! जे कुरामा पनि नेताहरुबीच हुने किचलोले जनता हैरान भएको उनको धारणा छ । सरकारले प्रस्तुत गरेको २०७८/७९ को बजेटलाई लिएर केही राजनीति दलले असन्तुष्टि जनाएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here