पछिल्लो २४ घण्टा मा थप ४ हजार ७६२ जना नयाँ कोरोना संक्रमित थपिए, ११४ को मृत्यु

0
146

काठमाडौं जेष्ठ १७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।

त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्। 

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here