बझाङमा अक्सिजन प्लान्ट जडान सम्पन्न ..

0
143

मंगलबार, जेठ १८,

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडानको काम सकिएको छ।


प्रदेश सरकारले दिएको ८० लाख बजेटबाट प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दिप ओखेडाले प्लान्ट जडान गर्ने काम सकिएको बताए।

‘जडान गर्ने काम पूरा भयो, एकदुई दिनमै उत्पादन सुरु हुन्छ,’ उनले भने। अस्पतालले वैशाखको अन्तिममा टेण्डर भएको थियो।

करिब २० दिनको अवधिमा प्लान्ट जडानको काम सकिएको हो।

डाक्टर ओखेडाले दैनिक १६० देखि २४० लिटरसम्म अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट रहेको बताए।

साथै यसबाट ८ देखि १० बेडमा पाइपलाइनबाटै अक्सिजन दिन मिल्ने छ। प्लान्ट जडान भए पनि आवश्यक प्राविधिक जनशक्ति भने अस्पतालमा छैन।

‘यसका लागि छुट्टै प्राविधक राख्नुपर्छ,’ उनले भने। माथिल्ला तहमा कर्मचारी माग गरिसकिएको उनले जनाए। प्लान्ट विद्युतबाट चल्छ। विद्युत अनियमित हुँदा जेनेटरको व्यवस्था गरिएको छ।

सेतोपाटि बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here