जसपा ले महन्त ठाकुर सहित चार नेतालाइ पार्टी बाट निस्कासन गर्यो :

0
170

काठमाण्डौ जेष्ठ १८

जनता समाजबादी पार्टी को बाबुराम र उपन्द्र पक्ष ले महन्त ठाकुर पक्ष का चार नेता लाइ स्पस्टि कारण सोधेको थियो कुनै पनि जबाफ न आय पछी आज पार्टी बाट निस्कासन गरेको छ जनता समाजवादी पार्टीको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले सेतोपाटीलाई जानकारी दिए।

हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई  पार्टी सदस्यबाटसमेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’, ती सदस्यले भने। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ।


यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्।

ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here