विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

0
169

मंगलबार जेठ १८,काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

४४ वर्षिय थापा विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक हुन् ।

अथक प्रयास, सबैको शुभेच्छाका बाबजुद बचाउन नसकिएको भन्दै थापाको परिवारले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति धन्यवाद दिएको छ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भएपनि अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन समेत थापाको परिवारले आग्रह गरेको छ ।

उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना भएको थियो । संविधानसभाको दोस्रो चुनावपछि कानुनी रूपमा दर्ता भएको विवेकशील नेपाली दल रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टीसँग एकीकरण गरेर विवेकशील साझा दल बनेको थियो ।

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here