कोभिड अपडेट : सङ्क्रमित बढेर छ हजार थपिए ६८ जनाको मृत्यु

0
147

१८ जेष्ठ २०७८, मंगलवार

नेपालमा विगत २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।

कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ।

थप ६,८९८ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

कुल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

राजधानीका १,०६० जनासहित भक्तपुरका २१५ जना र ललितपुरका २८३ जना गरी काठमाण्डू उपत्यकामा थप १,५५८ जना सङ्क्रमित थपिएका छन्।

दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा झापा, सुनसरी, मोरङ र काभ्रेपलाञ्चोक पनि रहेको छ।

नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये ७,०८५ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४९१ आईसीयूमा र ४०४ जना भेन्टिलेटरमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here