योगासन गर्दै हुनुहुन्छ- अपनाउनुस यी १५ साबधानी

0
155

योगासन जिबन मा जति महत्वपुर्ण हुन्क्ष त्यो भन्दा धेरै जटिल कार्य पनि हो । योगासन ले शारीरिक एंव मानसिक तन्दुरुस्ती को लागि ठुलो मद्त गर्दछ, तेसैले योगासन अनिबार्य मानिन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

योगासनमा अपनाउनुपर्ने सावधानीहरु,

–योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ ।
–प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ ।
– योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् ।
–योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् ।
–आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ । घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ । जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ ।
–आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ ।
–समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन ।
– सास मुखले नलिएर नाकले लिनुपर्छ ।
–आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस् । अतः धैर्यपूर्वक आसन गर्नुहोस् ।
–आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ ।
–आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् ।
–आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् ।
–आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् ।
–रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ ।
–भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here