अब एकदिवसीय विश्वकपमा १४ र टी–ट्वान्टी विश्वकपमा २० टिम सहभागी हुने – ICC

0
153

काठमाडौँ –जेष्ठ १९,

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको हो । सन् २०२४ देखि २०३१ सम्मको आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ ।

अब एकदिवसीय विश्वकपमा १४ र टी–ट्वान्टी विश्वकपमा २० टिम सहभागी हुने छन् । सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय गरिएको छ । २०२४ देखि टी–ट्वान्टी विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी–ट्वान्टी विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here