रात्रि समय मा निर्माणका गाडी चल्न पाउने- निषेधाज्ञा १० दिन थप

0
258

काठमाडौं-जेष्ठ १९

उपत्यकामा जेठ भिली अर्थात जेष्ठ २० देखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार उपत्यकाको ३ ओटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

२० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

प्रतिक्रिया दिनुहोला ।

#lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here