नेपालमा पनि बढ्यो कालो ढुसीको प्रभाव-‘ घातक बन्दै ‘ ३ जनाको ज्यान गयो :

0
470

काठमाडौं – जेष्ठ १९

कोरोना [ कोभिड -१९ ] बिरामीहरुमा देखिन थालिएको घातक असर कालो ढुसी अर्थात म्यकुरमाइकोसिस को प्रभाव नेपालमा पनि बढ्न थालेको छ ।

नेपालमा कोरोना संक्रमण भएर निको भएका दश जनालाई कालो ढुसीको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कालो ढुसी संक्रमणबाट बीरगञ्जमा ३ जनाले ज्यान गुमाएका छन् । मानिसको प्राण नै लिनसक्ने कालो ढुसीको संक्रमणप्रति सचेत हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरुमा यसको संक्रमणको जोखिम रहन्छ ।

कालो ढुसीको संक्रमण भएका बिरामीहरुमा , अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ ।

कालो ढुसी संक्रमणको लक्षणाहरू…
– ज्वरो निरन्तर आइरहने।
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने ।
– आँखा र नाक सुन्निने ।

प्रतिक्रिया दिनुहोला

#corona #lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here