मार्स रोवर पर्सिवियरेन्सले सय दिनभित्र लिएको मंगल ग्रह को फोटोहरु…

0
138

जेठ २०, २०७८

नासाको पर्सिवियरेन्स रोवरले मंगल ग्रहमा उत्रिएपछि त्यहाँ आफ्नो सय दिन पूरा गरेको छ ।

यतिबेला रोवर त्यहाँ लगातार सूक्ष्मजीव अस्तित्वको निशानको खोजीमा जुटेको छ । साथै, रोवर यो ग्रहको अतितको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको छ ।

१८ फेब्रुअरीमा यो रातो ग्रहको भूमध्य रेखाको ठिक उत्तरमा ४९ किलोमिटर चौडा ‘जेजोरो’ नामको क्रेटर आसपास उत्रिएपछि रोवरले यो ग्रहको थुप्रै अद्भूत तस्बिर लिएको छ ।

एउटा सानो हेलिकोप्टर इन्जेन्युटिले पनि यहाँबाट एरियल तस्बिर पनि पठाएको छ । कुनै हेलिकोप्टरले कुनै अन्य ग्रहमा उडान भरेको यो पहिलो पटक हो ।

हेर्नुहोस्, नासाको मंगल मिशनबाट हालसम्म पठाइएको तस्बिरमध्ये केही तस्बिरः

१- ६ अप्रिलमा पर्सिवियरेन्सले आफ्नो वाटसन क्यामराबाट यो सेल्फी लियो जसमा इन्जेन्युटि हेलिकोप्टर पनि देखिएको छ । रोवरले ६२ वटा तस्बिर पठाएको थियो जसलाई धर्तीमा मिलाएर एक बनाइएको छ ।

२- ३० मार्च सन् २०१२१ को यो तस्बिरमा रोवरको मुनी देखिएको इन्जेन्युटि हेलिकोप्टर

३- ५ अप्रिल सन् २०२१ मा मास्टकेम–जेडले इन्जिनियरिङको यो उत्कृष्ट प्रमाण १.८ किलो भारको इन्जेन्युटि हेलिकोप्टरको यो क्लोजअप तस्बिर लियो ।

४- कुनै पनि दोस्रो ग्रहमा पहिलो पटक कुनै हेलिकोप्टरले उडानको रेकर्ड त्यतिबेला बनायो जब मंगलमा १९ अप्रिल सन् २०२१ मा इन्जेन्युटि हेलिकोप्टरले आफ्नो पहिलो उडान भर्यो । यो उडानका बेला यो हेलिकोप्टर सतहभन्दा करिब १० फिटको उचाईसम्म उठ्यो र फिर्ता अवतरण गर्नुभन्दा अघि थुप्रै सेकेन्डसम्म घुमिरह्यो ।

५- २२ अप्र्रिल सन् २०२१ मा इन्जेन्युटिले आफ्नो दोस्रो सफल उडानको दौरान पहिलो पटक रंगीन एरियल तस्बिर खिच्यो । यो ड्रोन करिब १६ फिटको उचाईमा उड्यो, झुक्यो र उडान भर्ने स्थानमा उत्रिनुभन्दा अघि ५ फिट अघि बढ्यो । मंगलको सतहमा पर्सिवियरेन्सको ट्र्याकको निशाना र इन्जेन्युटिको छाया स्पष्ट रुपमा देख्न सकिन्छ ।

६- इन्जेन्युटिले आफ्नो तेस्रो उडानका बेला पर्सिवियरेन्सको तस्बिर खिच्यो । त्यतिबेला यो मिनी हेलिकोप्टर रोवरभन्दा २७८ फिट टाढा थियो जबकी सतहभन्दा यो १६ फिटको उचाईमा उडिरहेको थियो ।

७- ७ मेमा इन्जेन्युटी आफ्नो पाँचौं उडानमा रोवभन्दा ४३२ फिट पर एउटा नयाँ ल्यान्डिङ स्पटमा उत्रिनुअघि ३३ फिटको उचाईसम्म पुग्यो ।

८- पर्सिवियरेन्स रोवर जेजेरो क्रेटरमा उत्रिएपछि पहिलोपटक ४ मार्च सन् २०२१ मा ड्राइभमा गयो । एक टनको यो रोवर मंगल ग्रहको भूविज्ञानm वायुमण्डल र पर्यावरणको स्थितिबारे जानकारी जुटाउनका लागि नयाँ उन्नत अन्तरिक्ष उपकरणबाट सुसज्जित छ ।

९ – पर्सिवियरेन्स लेजरबाट सुसज्जित छ जसलाई मंगल ग्रहको भूविज्ञानसँग सम्बन्धित डाटा संकलन गर्नका लागि डिजाइन गरिएको छ । २८ मार्च सन् २०२१ मा रोवको दाहिने मास्टकेम–जेड क्यामराले एउटा ढुङ्गाको तस्बिर खिच्यो ।

१० – रोवरमा विभिन्न प्रकारको क्यामरा लगाइएको छ । यो तस्बिर रोवरको दाहिने क्यामरा मास्टकेम–जेडमार्फत् लिइएको हो । यसबाट ठ्याक्कै त्यस्तै तस्बिर निस्कन्छ जस्तो एक व्यक्तिले आफ्नो आँखाले देख्छन् । ढुङ्गाका यी तस्बिर १३ मे सन् २०२१ मा लिइएको थियो ।

११ – २२ मार्च सन् २०२१ मा बायाँ मास्टकेम–जेड क्यामराबाट पर्सिवियरेन्सको लिइएको यो तस्बिरलाई रोवरबाट लिइएको छैटौं हप्ताको तस्बिरमा ‘इमेज अफ द’ विक छानिएको छ ।

१२- यो तस्बिरमा सान्ता क्रुज पहाड पनि देखिएको छ जुन रोवरभन्दा लगभग २.५ किलोमिटर टाढा छ । यो दृश्य जेजेरो क्रेटरको भित्री भागको हो । क्रेटरको रिमलाई पनि २९ अप्रिल सन् २०२१ मा लिइएको यो तस्बिरमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here