‘एनसेल ले’ ६ गुणा ले बढाइयो विदेश कल गर्दा लाग्ने सुल्क

0
164

काठमाडौँ — जेष्ठ २२

नेपाल दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणा बढेको छ । २५ ओटा देशहरुमा लाग्ने सुल्क ६ गुणा ले बढाएको छ, अब विभिन्न नम्बरमा एनसेलको नम्बरबाट सोझै फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्नेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १९ वटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले वृद्धि गर्दै शुल्क स्वीकृत गरेको हो । अन्य सेवा प्रदायकको शुल्क सरह एनसेलको शुल्क स्वीकृत गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘नेपाल टेलिकम र स्मार्टको नम्बरबाट यी देशमा कल गर्दा ३० रुपैयाँ हाराहारीमा शुल्क लाग्छ,’ उनले भने, ‘एनसेलबाट पनि सोहीसरह शुल्क स्वीकृतिको माग आएकाले अनुमति दिइएको हो ।

एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको खनालले बताए । विदेश फोन गर्दा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसा लाग्दै आएको थियो ।

यी मुलुकमा कल गर्दा अब प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । साइप्रसमा पनि यसअघि प्रतिमिनेट कल गर्दा १५ रुपैयाँ लाग्दै आएकामा यसलाई पनि ३० रुपैयाँ बनाइएको छ ।

प्रोतिक्रिया दिनुहोला ।

#lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here