कञ्चनपुर जिल्लामा ‘हुलाकी सडक निर्माणमा’ फेरि भारतीय पक्षको अवरोध

0
214

जेष्ठ २२ , कंचनपुर

हुलाकी सडक निर्माणमा भारतीय पक्षले बर्सेनि अबरोध गर्दै आएको छ । यस वर्ष पनि सडक निर्माण मा अवरोध गरेपछि काम रोकिएको छ । अन्य क्षेत्रको काम भएपनि सो क्षेत्रको काम रोकिएको हो । कोरोना ृकोभिड(१९े को बढ्दो संक्रमण ले गर्दा कन्चनपुरमा निषेधाज्ञा लागु गरिएको छ। निषेधाज्ञा भएतापनि ठूला विकास निर्माणका आयोजनाको काम भइरहेको थियो, तर त्यही मौकामा भारतीय सीमा सुरक्षा बल९एसएसबी०ले सडक निर्माण कार्यमा अवरोध पुर्याएको छ ।

हुलाकी सडक निर्माण कम्पनी बाबाहंस सद्धिकिीका संचालक चक्र्र शाहिले भारतीय पक्षले यस वर्षपनी काममा अवरोध गरेको बताए । उक्त ठाउँमा सडक निर्माण अन्तिम कालोपत्रे गर्न बाँकी थियो ।

उनले भने, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० बाट अवरोध भयो ।’ भारतीय पक्षले रिफ्रेन्स सीमा पिलर ३८ लाई सीमा पिलर मानेर पटकपटक अनावश्क विवाद झिक्दै आएको छ । गत वर्ष पनि दुवै देशका अधिकारीबीच सडक निर्माण गर्न दिने सहमती भएपनि पटक पटक भारतीय पक्षबाट हेपाह प्रवृतिको उपज सडक निर्माण कार्यमा अवरोध पुर्‍याइएको छ ।

भारतीय पक्षले सो पचुई क्षेत्रको पुर्वतिर १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न अनावश्यक बखेडा झिक्दै आएको स्थानीय हरचिन्द ठकुरी बताउँछन् । भारतीय पक्षले जिपिएस नक्साका माध्यमबाट उक्त सडक भारतको भूममिा पर्ने दावी गर्दै काममा अवरोध गर्दै आएको छ । भारतीय पक्षले फिल्मीशैलीमा आएर अवरोध गर्दा स्थानीयले भारतीय कदमको विरोध गरेका थिए ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नेपाली अधिकारी संगको समन्वयमा तत्काल काम सुचारु गरिने बताए । ‘हामीले यस विषयमा पटकपटक भारतीय पक्षसंग सहमती सम्झौता गरेका छौँ, ‘उनले भने, ‘भारतीय पक्षबाट फेरि पनि विवाद झिक्दै आएको छ । बेलौरी नगरपालिकाले उक्त सीमा विवाद उच्चतहबाटै समाधानका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ ।

भारतीय पक्षबाट वर्षैपिच्छे सडक अवरोधको विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले हुलाकी सडक आयोजनासंग विवादबारे पत्र पठाएको बताए । ‘हामीले विवाद केहो रु भनेर आयोजनासंग पत्र पठाएका छौँ, प्रजिअ महतोले भने, उत्पन्न विवादबारे भारतीय पक्षसंग समन्वय गरेर काम सुचारुका लागि पहल गछौँ । नया पत्रिका बाट

प्रतिक्रिया दिनुहोला ।

#हुलाकी-सडक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here