थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

0
125

काठमान्डौ-जेष्ठ २२

पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ। 

यो अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुने दर ८२ दशमलब ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ। 

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#corona #loskdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here