महामारी को समयमा काम नपाउदा भारतमा ‘अभिनेत्री बने यौनकर्मी’!

0
190

कोरोना, [कोभिड १९ ] को महामारी ले यति खेर भारत पुरै लकडाउन मा छ सबै काम हरु बन्द रहेको छ । यस्तो समय मा कतिपय मानिसहरु लाइ त दुइ छाक टार्न पनि मुस्किल भएको छ रोगले भन्दा नि भोक ले मार्ने स्थिति भएपछी आफ्नो भोक छल्न जे पनि गर्न तयार बनेको छन् मानिसहरु, तेस्तै घटना हाल हो कलाकर्मी को, आफ्नो छाक टार्न लाइ नै भए पनि यौनकर्मी सम्म बन्न बाध्य छन् ।

भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए । स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्‍याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन । तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।

छापामारीको क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई पक्राउ गरेको छ ।प्रहरीले यसलाई हाई प्रोफाइल र्‍याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।

पक्राउ परेपछि यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए । न्युज २४ बाट

आफ्नो तिक्रिया दिनुहोला ।

#lockdown #corona

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here