अल्लु अर्जुन को मुभी ‘पुष्पा’ दुई पार्टमा रिलिज हुने, पारिश्रमिक डबल

0
285

काठमाण्डौ- जेष्ठ २३

साउथका स्टाइलिस स्टार अल्लू अर्जुन पछिल्लो समय आफ्नो काम ले सबैको मन मा बस्न सफल छन् । उनको हरेक फिल्म को प्रतीक्षा मा बसेको हुन्छन दर्शकहरु । पछिल्लो समय आउन लागेको नयाँ फिल्म हो ‘पुष्पा’ यो फिल्म लामो समयदेखि चर्चामा रहेको छ । कहिले फिल्मको कथावस्तुलाई लिएर त कहिले स्टार कास्टका कारण । फिल्मको धमाकेदार टिजर समेत रिलिज भइसकेको छ । यसबीच, फिल्मका मेकरले ठूलो घोषणा गरेका छन् । अब फिल्मलाई दुई पार्टमा रिलिज गरिने भएको छ र दोस्रो पार्टको पनि छायांकन पूरा भइसकेको छ ।

फिल्मलाई दुई पार्टमा रिलिज गर्ने फैसलासँगै निर्माताले अल्लू अर्जुनको पारिश्रमिक पनि डबल बनाएका छन् । अनलाइन पोर्टल कोइमोइको एक रिपोर्ट अनुसार, पहिला यो फिल्ममा काम गर्नका लागि उनले भारतीय ३० करोड पारिश्रमिक पाएका थिए । अब निर्माताले उनलाई ३० करोड थपेका छन् । अर्थात्, ‘पुष्पा’ को दुई पार्टका लागि उनले ६० करोड पारिश्रमिक हात पारेका छन् ।

‘पुष्पा’ अल्लू अर्जुनको पेन इन्डिया प्रोजेक्ट हो । यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालममा रिलिज हुनेछ । फिल्मको सुरुवाती रिलिज डेट १३ अगस्टलाई घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज हुन पाएन । फिल्ममा अल्लूका साथै रश्मिका मन्दाना, फहाद फासिल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोला

#साउथमुभी #फिल्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here