‘म फ्लप भएकै हो’ – निखिल उप्रेती

0
199

काठमाण्डौ जेष्ठ २४,

फिल्म ‘पिंजडा’ बाट नेपालि सिने क्षेत्रमा यात्रा सुरुवात गरेका निखिल उप्रेती ले २०० ओटा भन्दा बढि फिल्म मा काम गरिसकेका छन् । एक समय थियो जहा निखिल को टाउको पोस्टरमा राखेको भर मा फिल्म सुपरहिट हुन्थे । उनका फिल्म हेर्न सिनेमा हलमा दर्शकको तछाडमछाड हुन्थ्यो । तर, समय सधैं एकनाशले चल्दैन । उतार(चढाव आइरहन्छ ।

एक समय सफलताको सिढी मात्र चढेका निखिलको करिअर यतिबेला सुस्ताएको छ । उनको हातमा फिल्म नै छैन भन्दा पनि फरक पर्दैन । ‘पिंजडा ब्याक अगेन’ पछि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । कोरोना महामारीभन्दा निकै अगाडिदेखि उनी आफ्नै लगानीमा फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारीमा थिए । तर, यसका लागि पनि उनले हिम्मत जुटाउन सकेका छैनन् । पछिल्लो समय आध्यात्मतिर लागेका उनी लामो समय फिल्ममा ग्याप हुनुको कारण फिल्मबाट अफर नआउनु पनि मुख्य कारण रहेको खुलासा गरेका छन् । उनले हालै एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘वास्तवमै भन्ने हो भने हामीले फिल्म पाउन छाडेकै हो । फ्लप भएको भन्न पनि सकिन्छ । फिल्मबाट अफर पनि आउँदैन थियो । आफैंले बनाइहाल्ने अवस्था पनि थिएन ।’

केही फिल्मबाट आएका अफर आफूलाई मन नपरेको र राम्रा फिल्मका लागि याद नगरिएको अभिनेता उप्रेतीको भनाई छ । उनी धक नमानी अगाडि भन्छन्, ‘कसैले पनि आफूलाई फ्लप भएको स्वीकार गर्दैन । वास्तवमै हामी फ्लप भएको नै हो ।’ फिल्म उद्योगमा आफूले पनि सजिलो ढंगले र अरुलाई पनि सहज तरिकाले फिल्म बनाउन सक्ने अवस्था नभएको उनको अनुभव छ ।

उनी आफूले फिल्म नपाउनु ठूलो कुरा नभएको बताउँछन् । निखिल अगाडि भन्छन्, ‘नयाँ पुस्ता नयाँ किसिमले आए । हरेक उर्जा सुरुमा उर्जावान हुन्छ । तर, फिल्म क्षेत्रमा पुरानो अनुभव र कामलाई अहिलेको पुस्ताले त्यति प्राथमिकता दिएको पाइन्न, जसले गर्दा उद्योगको मेरुदण्ड बन्न सक्दैन । पुरानो अनुभव र नयाँको जोशले अगाडिका चिजहरु बन्ने हन् । तर, त्यो ग्याप छ यहाँ । फिल्म क्षेत्र अरुलाई गाली गरेर, निन्दा गरेर, होच्याएर, आरोप लगाएर मात्र बाँचिरहेको बताउँदै निखिलले क्रियटिभिटीमा भन्दा अरुलाई नै दोष लगाउने प्रवृति हाबी रहेको बताएका छन् । उनी आफू कलाकार बन्नकै लागि जन्मिएको भनेर बनावटी कुरा गर्न पनि चाहँदैनन् । जीवनमा धेरै कुरा जान्न र बुझ्न जरुरी हुने भएकाले यसका लागि अहिले आफूले समय दिइरहेको उनले बताए ।

निखिलले भने ूआफू अभिनयबाट टाढा नभएको र टाढा हुने सोच पनि छैन । निर्माता भएर पनि फिल्म बनाइयो । फिल्म हिट हुँदा पनि हातमा केही आउँदैन थियो । जसका कारण नयाँ फिल्म बनाउन हिम्मत गर्न सकिएन । तर, अभिनयबाट टाढा हुने भन्ने अहिलेसम्म सोचेको छैन । किनकि, म कलालाई माया गर्छु । त्यसमाथि काम नगरी त बस्नै सक्दिनँ । फिल्म खबर बाट ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#नेपालीफिल्म #निखिल_उप्रेती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here