एकता हुन नदिएको ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ- प्रचन्ड

0
113

काठमाडौ जेष्ठ २४,

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार राति एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष दाहालका कारण एकता हुन नसकेको जनाएका थिए।
जसलाइ खण्डन गर्दै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारणले नेकपा एकता नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झुठो भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्स् ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’
गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एकीकरण बदर गर्ने फैसला गरेको थियो। त्यसका विरुद्ध दाहाल पुनरावलोकन गर्न सर्वोच्च पुगेका थिए। उनको निवेदनलाई पनि अदालतले अस्वीकार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here