सर्टिफिकेट बोकेर बैंक जाँदैमा २५ लाख पाइदैन …

0
173

२०७८ जेष्ठ २४ गते काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्टिफिकेट लिएर बैंकमा जाँदैमा २५ लाख ऋण नपाइने बताउनु भएको छ ।
नाफिजले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले बजेटले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको भएपनि सर्टिफिकेट बोकेर बैंकमा जाँदैमा बैंकले २५ लाख दिएर नपठाउने बताउनु भयो ।

‘कोही माग्न आयो भने उसलाई दिइ हाल्ने होइन’ उहाँले भन्नुभयो ‘ यसको लागि योजना, उद्देश्य, चाहिन्छ, त्यो प्रभावकारी छ भने पाउन सकिन्छ । त्यो पनि एकै पटक पाउने होइन आवश्यक परेको बेला दिने मात्रै हो ।’

उहाँका अनुसार यसले पार्ने असरको विषयमा पनि छलफल सुरु भएको छ । त्यसको लागि अहिले राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाए काम गरिरहेको उहाँको भनाइ छ । एउटाले अर्थ र अर्कोले नीजि क्षेत्रसँग छलफल सुरु गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा स्नातक तह उतीर्ण गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्थ गरेको छ ।

उहाँका अुनसार सहुलियत पूर्ण कर्जामा केही गलत प्रयोग भएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो । उहाँले पुर्नकर्जाका लागि आफूसँग आउनु नपर्ने र अहिले रिपेमेन्ट पनि ठूलो रकमको भएको छ । सिएसआर र पुनकर्जाको १ करोड भन्दा बढीको तथ्याङक सार्जननिक गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here