राउटे बस्तिमा सुरक्षा कडा, गैर राउटेलाई बस्तीमा प्रवेश निषेध …

0
174

मंगलबार, २५ जेठ २०७८

सुर्खेत
२४ जेष्ठ २०७८ सोमबार
सुर्खेत – केही दिनअघि राउटे समुदायका युवती माथि दुर्व्यवहार भएको र भिडियो बिभिन्न सामाजीक संजालहरूमा समेत आउन थालेपछी थप अप्रिय घटना हुन नदिन राऊटे बस्तीलाई कडा सुरक्षाकाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।

हाल राउटे बस्तीमा असुरक्षा बढेको भन्दै कुनै पनि गैरराउटे व्यक्तिलाई बस्तीमा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रतिबन्ध लगाएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार हाल राउटेहरु बस्दै आएको सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा सुरक्षाका लागि २२ जना प्रहरी खटाइएको छ । हाल बस्तीमा कसैलाई आउजाउ गर्न दिईएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here