आज बाट देशव्यापी रूपमा ‘६० देखि ६४ वर्ष उमेर’ समूहलाई कोरोनाविरुद्ध भेरोसिल खोप लगाइने :

0
113

काठमाडौँ जेष्ठ २५,

चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आज ९मंगलबार० देखि, देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी गराउनुभयो । नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा। गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो ।

उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पु९याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

उहाँले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गर्नुभयो । डा गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#corona #lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here