नेपाल र खनाल पक्षले ‘ओलीको ६’ बुँदे अस्विकार गर्दै दिए यस्तो जवाफ

0
145

काठमाडौँ जेष्ठ २५,

प्रधानमन्त्री खड्ग ओलीले आइतबार राति सार्वजनिक गरेको ‘नेकपा ९एमाले० को एकताका लागि आह्वान’ शीर्षकको अपिललाई सोही पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको समूहले खारेज गरिदिएको छ । प्रतिनिधिसभा ‘विघटन’ विरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई कमजोर पार्ने र ‘तुहाउने’ उद्देश्यका साथ आह्वान गरेको भन्दै अस्वीकार गरिदिएको हो ।

एमालेका बहुमत पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सोमबार बसेको भर्चुअल बैठकपछि वरिष्ठ नेता नेपालले सार्वजनिक गरेको ५ पृगठको प्रेस वक्तव्यमा ओलीले प्रतिनिधिसभा ‘विघटन’ फिर्ता लिए त्यसविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्धामा आफूहरुले गरेको हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिइएको छ ।

ओलीको ६ बुँदे अपिलको बुँदा नं। १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित खनाल–नेपाल पक्षको ठहर छ ।

‘नेकपा ९एमाले० २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका व्यक्तिहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ ।

यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ’– वक्तव्यमा उल्लेख छ ।

यस्तो छ ओलीलाई खनाल–नेपाल पक्षको जवाफको पूर्णपाठ–

आफ्नो प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here