कोरोना अपडेट : थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

0
178

काठमान्डौ जेष्ठ २५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २४ घन्टामा कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् । १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोला

#corona #lockdown

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here