सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ’ आज

0
173

काठमाडौं जेष्ठ २६,

प्रधानमन्त्री केपी सर्मा ओली ले दोस्रो पटक संसद बिघटन गरेपछि यसको बिरुद्द मा सर्बोच्च अदालतमा रिट दर्ता गराइएको थियो जसको अन्तिम सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९आज० बुधवार हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमवार समस्या देखिएपछि सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतवार गठन गरी सुनुवाइ शुरू गरेर हेर्दाहेर्दैमा सोमवारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधवारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । विवादमा ३० रिट निवेदन परेका छन् ।

मन्त्रिपरिषद्को जेठ ८ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#rajniti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here