स्नातक तह प्रथम वर्षको परीक्षा साउन दोस्रो साता भौतिक रूपमा हुने, 50% ले भर्न सकेनन अनलाइन फर्म

0
106

कोरोना कोभिड १९ को महामारीको कारण मुलुकनै लकडाउन मा परेको थियो जसका कारण त्रीबी का सबै पठनपाठन बन्द भएको थियो गत २०७७ भाद्र महिना तिर नै लिन पर्ने स्नातक तह प्रथम वर्ष को बार्षिक परिक्षा हाल सम्म सुचारु हुन सकेको छैन बार्षिक परिक्षा गराउन को लागि त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षका विद्यार्थीको परीक्षाका लागि अनलाइन फारम खुलाए पनि ५० प्रतिशतले भर्न नसकेको पाइएको छ ।

अनलाइन फारम भर्न नसके पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिए । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको बताए । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उनले जानकारी दिए । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्छौं ।

आगामी साउनमा भौतिक रूपमा हुने परीक्षा छुटाएमा विद्यार्थीको पुनः परीक्षा नलिइने जोशीको भनाइ छ । भौतिक रूपमा परीक्षा हुन नसक्ने अवस्था आएमा अनलाइनमा जति सहभागी हुन सक्छन्, उनीहरूको मात्रै भए पनि परीक्षा हुने उनले बताए । ‘संक्रमण बढेर भयावह अवस्था आए मात्रै भौतिक उपस्थितिमा हुने परीक्षा अनलाइनमार्फत हुन्छ । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्छौँ,’ जोशीले भने । त्रिविमा वार्षिक प्रणालीका पनिका बल्खुले लिँदै आएको छ ।

अनलाइन फारम भर्न नसकेर ‘हार्डकपी’ फारम भर्दै त्रिविका विद्यार्थी
त्रिविले कोभिड संक्रमणको समयमा सहज गराउने उद्देश्यले अनलाइन फारम खुलाएको हो । अनलाइन फारम भर्न नसकेको गुनासो आएपछि क्याम्पसमा पुगेर विद्यार्थीले हार्डकपीमा फारम भरिरहेको जोशीले बताए । तर पनि ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फारम भर्न नसकेको क्याम्पस प्रमुखहरूले नियन्त्रक जोशीलाई रिपोर्टिङ गरेका थिए ।

अनलाइन फारम भर्न कठिन भएका विद्यार्थीले नजिकैको क्याम्पसबाट फारम भरेर बुझाएका छन् । ३१ जेठसम्म फारम भर्न समय दिइएको छ । त्यसपछिको एक हप्ता दोब्बर दस्तुरमा फारम भर्न पाउनेछन् । त्रिविले कतिपय छुट भएका विद्यार्थीलाई परीक्षाअघि एक÷दुई दिन अवसरसमेत दिने गरेको छ । त्रिविमा स्नातक पुरानो प्रथम वर्षको परीक्षा दिने मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन, शिक्षा र विज्ञान संकायका विद्यार्थी संख्या साढे दुई लाख छ । एलएलबीमा १४ हजार विद्यार्थी छन् ।

दोस्रो वर्षका बाँकी विषयको पनि परीक्षा लिने
स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै साउन पहिलो साता सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् ।

मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी छ । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी छन् । अधिकांश विद्यार्थीका एकरएक विषय मात्र परीक्षा दिन बाँकी छ । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका छन् ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसिएमसी०ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालयले कोभिडका कारण परीक्षा रोकिए पनि माथिल्लो कक्षामा पठनपाठन सञ्चालन गरिरहेको छ ।

प्रथम वर्षको परीक्षा दुई वर्षमा दिन पाउने
त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षमा अहिले दुई ब्याचका विद्यार्थी छन् । ०७६ भदौमा भर्ना भएका पुरानो प्रथम वर्षका विद्यार्थीले समेत परीक्षा दिन पाएका छैनन् । त्रिविले पुरानो प्रथम वर्षका लागि परीक्षा फारम खुलेको सूचना निकाले पनि अधिकांश विद्यार्थीले भर्न पाएका थिएनन् । कोभिडका कारण प्रथम वर्षका विद्यार्थीलाई कम्तीमा दुई वर्ष लाग्ने देखिएको छ ।

नयाँ प्रथम वर्षको विद्यार्थीका लागि ०७७ माघमा भर्ना खुलेको थियो । नयाँ प्रथम वर्षका विद्यार्थीले हाल अध्ययन गरिरहेका छन् । मानविकीका दोस्रो वर्षका विद्यार्थीले झन्डै दुई वर्ष एउटै कक्षामा बिताउन लागेका छन् । तेस्रो वर्ष सकिने वेलामा कोभिडका कारण दोस्रो वर्ष नै चालू छ । कोभिडका कारण चलिरहेको परीक्षा रोकिएपछि उनीहरूले अहिलेसम्म तेस्रो वर्ष प्रवेश गर्न पाएका छैनन् । नया पत्रिका बाट साभर

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#tu #exm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here