के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? – ‘बर्षा सिवाकोटी’

0
218

काठमाण्डौ जेष्ठ २२,

अभिनेत्री वर्षा सिवाकोटीले संवेदनशील विषयमा राज्यको न्याय प्रशासनभन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु रहेको बताएकी छन् । आफ्नै ससुराबाट यौन उत्पीडन व्यहोरेर मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएको घटनाले समाजको विकृत पक्षलाई उजागर गरेको बताउँदै उनले यो देशमा न्याय मरिसकेकै हो रु भनेर प्रश्न गरेकी छन् ।

वर्षाले सोमवार आफ्नो फेसबुकमा लेखेकी छन्,

‘न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रदैनन् रु यस्तो कारूणीक घटनालाई मसला बनाएर ययूट्युबहरु संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन् । राज्यको न्याय प्रशासनभन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो । अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ ।

उनले संवेदनशील घटनालाई मजाकको विषय नबनाउन र सबै मिलेर राज्यलाई दबाब दिन आग्रह गरेकी छन् । उनले अगाडि लेख्छिन्, ‘व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ ।

यूट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पीडा होला ख्याल गरौं ।’ वर्षाले सामाजिक सञ्जालमा राजनीतिक, समसामयिक घटना र विभिन्न बिषयमा आफ्नो भनाई राख्दै आएकी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here