यस बर्ष राजेश हमाल ले बिशेस तरिकाले मनाए जन्म दिन-धरहारा को २२औँ तलामा काटे जन्मदिन बिशेस केक

0
94

काठमाण्डौ – जेष्ठ

महानायक राजेश हमाल गएको बुधबार बाट ५७ वर्ष मा प्रवेश गरेका छन । यस पटक राजेश हमाल ले आफ्नो जन्मदिन बिशेस तरिकाले मनाएका छन। नवनिर्मित धरहराको बार्दाली मा बसेर केक काटेर आआफ्नो जन्म दिन मनाय ।

मंगलवार र बुधवार गरी आधा दर्जन केक काटे । दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको बार्दलीमा बसेर उनले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काटेका हुन् ।

उनले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउन त्यहाँ पुगेर जन्मदिनको केक काटेको बताइएको छ । उनी बुधवार बिहानै श्रीमतीको साथमा पशुपतिनाथ दर्शनका लागि पुगेका थिए ।

पशुपतिनाथको दर्शनपछि उनले त्यस क्षेत्रमा आश्रय लिएर बसेका असाहयहरुलाई खाद्यान्न बाँडे । त्यसबेला उनीसँग तस्विर खिच्न सुरक्षाकर्मीबीच नै हानाथाप भएको थियो ।

स्वम्भुनाथमा कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि राहत बाँडेका हमालले राजधानीको एक स्कूलमा बर्थ(डे केक काट्दै त्यहाँका विद्यार्थीहरुको हौसला बढाउन नाचगान समेत गरेका थिए ।

साँझ श्रीमतीसहित केही नजिकका व्यक्तिहरुसँग घरमै बर्थ(डे सेलिब्रेसन गरेका हमाललाई सामाजिक सञ्जालमा शुभचिन्तकदेखि फिल्मकर्मीहरुले जन्मदिनको शुभकामना दिएका छन् ।

२०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका राजेश हमालले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनय करिअर सुरु गरेका हुन् ।

दुई दशक नेपाली फिल्ममा एकछत्र आफ्नो वर्चश्व कायम गरेका उनलाई दर्शकले ‘महानायक’ को रुपमा सम्बोधन गर्ने गर्दछन् । उनी चाँडै फिल्म ‘सत्यम्’ मा काम गर्ने तयारीमा छन् ।

फिलमिखबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here