विश्वकप छनोटको अन्तिम खेलमा नेपाल ले अस्ट्रेलिया को सामना गर्दै

0
177

काठमाडौँ – जेष्ठ २८,

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज अन्तिम खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । खेल आज राति नेपालि समय अनुसार ९ः४५ मा सुरु हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियासँग आफूहरुले राम्रो खेल्ने बताएका छन् । यो खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने रहेको छ । नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा १८ अंक जोडेर पहिलो स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

#worldcup

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here