पोखरीमा डुबेर ५ बालक को मृत्यु

0
192

धनुषाको मुखियापट्टी मुसहरनीया वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा ५ जना बालिकाको डुबेर मृत्यू भएको हो ।

९ फिट गहिरो रहेको नयाँ पोखरीमा पौडी खेल्ने क्रममा पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षीया चादनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह तेलीको मृत्यू भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए । उनले बेपता रहेका २ बालिकको खोजी कार्य भईरहेको समेत बताए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा रहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here