कलाकार निशा घिमिरेलाई सहयोग गर्न पुगे कृष्ण कंडेल सहित दोहोरी प्रतिष्ठानका कलाकारहरु,अस्पतालमा यस्तो छ पछिल्लो अवस्था ( भिडियो सहित)

0
136

३१ जेष्ठ २०७८, सोमबार

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर मोडेल निशा घिमिरे जीवन र मृत्यु सँग लडिरहेकि छिन् ।निशा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत तर्फ लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार एक्सिडेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन तर अहिले उनी यसरी लम्पसार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै हर्कत छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।

दोहोरि प्रतिष्ठान सहित कृष्ण कंडेल अस्पताल पुगेका छन् । निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो अवस्थामा पुग्दा हदैसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु गम्भीर भएको समेत दोहोरि टिमले बताएको छ ।

भिडियो हेर्नुहोस्..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here