पोखरीमा डुबेर २ जना बालक को ‘मृत्यु’

0
168

जेष्ठ ३१ सोमबार,

इटहरी/सुनसरी – पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ ।

आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी उपचारको लागी बिराट मेडिकल कलेज मोरङ पुर्‍याउदा मृत्यु भई भएको थियो ।

आईतबार दिनको करिब साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर बेहोस भएकी थिइन् ।

बेहोस बालिकाकोको घोपा अस्पताल धरानमा उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here