दीपक मनाङेलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ‘कारबाहीको माग’ गरेको छ

0
65

काठमान्डौं – असार १,

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीब गुरुङ ९दीपक मनाङे० लाई राष्ट्रिय खेलकुद परिषद [राखेप] ले कारबाहीको माग गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारबाहीको माग गरेको हो। खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीज्यूबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिव्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानुन बमोजिम कारबाहीसमेत माग गर्दछौँ।’

समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । NEWS 24 बाट

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here