नेपाल धितोपत्र बोर्डका ‘अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

0
132

काठमान्डौ असार ३,

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ढुंगानाविरुद्ध आयोगमा बुधबार उजुरी दर्ता भएको हो।

अध्यक्ष ढुंगानाले सेयरबजारका ठूला लगानीकर्तासँग आर्थिक लाभ लिने दिने गरेको आरोप उजुरीमा लगाइएको छ। स्रोतका अनुसार अख्तियारमा उक्त उजुरी अनलाइनमार्फत सी(०३५०७४र२०७८–३–२ नम्बरमा दर्ता भएको छ।

लगानीकर्ताहरुको साँठगाँठमा नै मंगलबार सेयरबजारलाई तलमाथि गराउन बोर्डले विज्ञप्ति जारी गरेको उजुरीमा बताइएको छ। मंगलबार बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै नाम नै सार्वजनिक गरेको थियो।

उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको आरोप लगाइएको छ। त्यसको छानबिनको माग उजुरीमा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here