“के सोचें मैले के भयो अहिले ” भन्ने गीत जस्तै … छि … – मदनकृष्ण श्रेष्ठ

0
173

काठमान्डौ असार ३,

के सोचें मैले, के भयो अहिले !!!

हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठ यो समयमा घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना संक्रमणबाट मुक्त हुन नपाउदै शरीरमा अक्सिजन कमी भएपछि उनी मेडिसिटी अस्पताल भर्ना भए । अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको केही दिनमै उनलाई छातीमा समस्या देखियो । बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा एन्जिओप्लास्टी मेडिकल प्रक्रियाले दुई स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरोध हटाइएको थियो ।

स्वास्थ्य लाभ गरिरहे पनि उनी सामाजिक सञ्जालमा समय–समयमा विगत र वर्तमानको सम्झना गरिरहन्छन् । बिहीबार उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सहपाठी हरिवंश आचार्यसँगको उनको एक तस्वीर पोस्ट गरे ।

‘यो तस्वीरमा यसरी एकजुट भएर सडकमा उत्रेको दिन । नेता भनाउँदाहरु आज जनतामुखी, विकासमुखी र आफ्नो राष्ट्रमुखी हुनुको सट्टा’,
उनी लेख्छन्, यो तस्बीरमा यसरि एकजूट भएर सडकमा उत्रेको दिन
नेता भनाउँदाहरु आज जनतामुखी, बिकाशमुखी र आफ्नो राष्ट्रमुखी हुनुको सट्टा
यस्तो बिध्न पैसामुखी, कूर्सीमुखी र आ-आ परिवारमुखी होला भन्ने के थाहा थियो र … … ! ! !
“के सोचें मैले के भयो अहिले ” भन्ने गीत जस्तै … छि … … …

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here