प्रधानमन्त्री केपी सर्मा ओली भान्नुहुन्छ – दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ

0
189

काठमाण्डाै – असार ०७,

काेराेना ( कोभिड-१९ ) विरुद्धकाे लडाइँलाई पराजित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएकाे छ । आज (सोमवार ) अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको कारण योगको महत्त्व झनै बढेको बताउनुभएको छ । उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यति बेला योगको असाधारण महत्त्व छ । कोभिड–१९ बाट यति बेला व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ ।

आशावादी बनाउन, जीवनलाई वस्तुपरक ढङ्गले जीवनका रूपमा हेर्न र बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आउने पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सांस्कृतिक पतन महामारीका रूपमा फैलिएको छ, यसमा हामीले हाम्रो सिङ्गै समाजलाई सम्झाउन सकेनौँ, हाम्रो नयाँ पिढीलाई सम्झाउन सकेनौँ, अरूको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ ।

अनुशासनहीन, अराजक बन्छौँ । कानुन तोड्नुलाई गर्वको विषय बनाउँछौँ । याे अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ । उज्यालो बाट साभार ।

आफ्नो प्रतिक्रिया दिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here