टीयू मैदानमा मंगलबारबाट ‘राष्ट्रिय क्रिकेट टिमको’ बन्द प्रशिक्षण सुरु

0
177

काठमाण्डौ असार ०८,

मंगलबारबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो ।

सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ भने
सहभागी छन्

मुख्य प्रशिक्षक वाटमोरले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताए । उनले नेपाली खेलाडीले कडा मेहनत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here