आजदेखि प्रतिनिधिसभा ‘विघटनविरुद्धको रिटमाथि’ निरन्तर सुनुवाइ हुदै संवैधानिक इजलासमा

0
115

काठमाण्डौ – असार ०९,

आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू मीरा खड्का, दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइका लागि निवेदक र विपक्षीले भोलिसम्म इजलासमा बहस नोट बुझाइसक्नुपर्नेछ । बहसका लागि दुवै पक्षलाई १५र१५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीमा रहेका चार जनाले आधारआधा घण्टामा बहस सक्नुपर्नेछ ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी हुनुहुन्छ । गएको जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा ३० वटा रिट परेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि मात्रै सुनुवाइ भएको हो । उज्यालो बाट

आफ्नो प्रतिक्रिया दिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here